काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले केन्द्रीय कमिटिको बैठकले पार्टीका धेरै विवादहरु समाधान गर्ने दावी गर्नु भएको छ ।
नेता गैरेले पार्टीमा को कुन पदमा बस्ने भन्ने कुरा व्यक्तिगत रुपमा नभएर संस्थागत निर्णय अनुसार हुने भन्दै सुदुरपश्चिम प्रदेशको पार्टी इन्चार्जको समस्या पनि छिटै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अहिलेको केन्द्रीय कमिटी बैठक विधान महाधिवेशनको तयारीका बारेमा केन्द्रीत भएको जानकारी दिनुभयो ।
बैठकमा दश बुँदे सहमती, स्थायी कमिटि बैठकको निर्णय, त्यसको आधारमा यस अघिको केन्द्रीय कमिटिको निर्णयहरु सबै अन्तर पार्टी निर्देशनको रुपमा पेस भएको उहाँले बताउनु भयो ।
नेता गैरेले जिल्ला कमिटिको बैठक, विधान महाधिवेशनका प्रतिनिधिहरुको छनोटको तयारी र स्थानिय तहको अधिवेशनको तयारीको छलफल भैरहेको जानकारी दिनुभयो ।
बैठकमा राजनीतिक प्रतिवेदन, संस्थागत प्रस्ताव र विभागको बारेमा छलफल भैरहेको नेता गैरेले बताउनुभयो ।