Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल बारभित्रै वकिलबीच कुटाकुट (भिडियो सहित)

नेपाल बारभित्रै वकिलबीच कुटाकुट (भिडियो सहित)

  • शुक्रवार, कार्तिक १२ २०७८

  • 913
    SHARES

  • नेपाल बारभित्रै वकिलबीच कुटाकुट (भिडियो सहित)

    काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनमा कानुन व्यवसायीहरु हातपातमा उत्रिएका छन् । आज नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी कुटिएका हुन् ।
    अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उहाँमाथि कुटपिट गर्नुभएको हो । इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको उहाको आरोप छ ।
    चुडालले आफू मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले एक्कासि कुटपिट गरेको प्रतिक्रिया दिनुभएको छ । आफू कानुनी प्रक्रियामा जाने बताउनुभएको छ । न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा हुनुहुन्छ भने चुँडाल इजलास रोक्न नहुने अडानमा हुनुहुन्छ ।
    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा वकिलहरू विभाजित छन् । आन्दोलनको थप कार्यक्रम घोषणा गर्न बसेको नेपाल बार एसोसिएसनको बैठक जारी छ ।

    हेर्नुहोस् भिडियो :

     

     

     


    शुक्रवार, कार्तिक १२ २०७८०२:१९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij