Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सिएरा लिओनमा इन्धन ट्याङ्कर विस्फोट : मृत्यु हुनेको संख्या ९९ पुग्यो

सिएरा लिओनमा इन्धन ट्याङ्कर विस्फोट : मृत्यु हुनेको संख्या ९९ पुग्यो

  • आइतवार, कार्तिक २१ २०७८

  • 536
    SHARES

  • सिएरा लिओनमा इन्धन ट्याङ्कर विस्फोट : मृत्यु हुनेको संख्या ९९ पुग्यो

    काठमाडौँ : पश्चिम अफ्रिकी देश सिएरा लिओनमा इन्धन ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९९ पुगेको छ । सिएरा लिओनको राजधानी फ्रिटाउनका भएको विस्फोटमा अन्य दर्नजौं घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

    सयौं घाइतेहरुको सहरका विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेको संख्या धेरै र गम्भीर रहेकाले अझै मृतकको संख्या बढ्नसक्ने बताइएको छ । बीबीसीकाअनुसार सहरको एक व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विस्फोट भएको हो ।

    यात्रुवाहक बस पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । आगोको मुस्लोले नजिकैका पसलहरू प्रभावित बनेका छन् । राष्ट्रिय विपद् व्यवस्थापनका प्रमुख ब्रिमा बुरेले आफूले अहिलेसम्मकै भयानक दृष्य देखेको बताएका छन् । राष्ट्रपति जुलियस माडा बायोले प्रभावित परिवारलाई सम्पूर्ण प्रकारको सहयोग सरकारले गर्ने बताएका छन् ।


    आइतवार, कार्तिक २१ २०७८०६:५९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij