Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सल्यान बस दुर्घटना अपटेडः मृतकको संख्या १२ पुग्यो, २० जना घाइते

सल्यान बस दुर्घटना अपटेडः मृतकको संख्या १२ पुग्यो, २० जना घाइते

  • आइतवार, कार्तिक २१ २०७८

  • 711
    SHARES

  • सल्यान बस दुर्घटना अपटेडः मृतकको संख्या १२ पुग्यो, २० जना घाइते

    काठमाडौँ । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जन महिला रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भइ नसकेको उहाले जानकारी दिनुभयो ।
    सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आज विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।
    दुर्घटनामा कम्तीमा २० जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिनुभयो ।
    प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २ सय मिटर तल खसेको र बस चालक अझै फरार रहेको बताइएको छ । चालकको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।


    आइतवार, कार्तिक २१ २०७८०३:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij