Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पाँच दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह: ओली

पाँच दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह: ओली

  • आइतवार, कार्तिक २१ २०७८

  • 1.1K
    SHARES

  • पाँच दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह: ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाउनुभएको छ ।
    आज काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाउनुभएको हो ।
    गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ । ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताउनुभयो । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ ।
    अध्यक्ष ओलीले संविधान एउटा पुस्तक भएको भन्दै त्यो पुस्तक च्यात्न कुनै समय नलाग्ने बताउनुभयो । ओलीले एमाले सरकार छोड्न तयार भएको छ तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन नदिने बताउनुभयो । ‘नेकपा एमाले यो अठोटमा रहेकाले नै लोकतन्त्र अडिएको हो’, अध्यक्ष ओलीको भनाइ छ ।
    उहाले एमाले विरुद्ध अन्तराष्ट्रिय शक्ति समेत लागेको भन्दै एमाले विरुद्धका भ्रम तोड्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।


    आइतवार, कार्तिक २१ २०७८०४:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij