Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतको एक अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

  • मंगलवार, कार्तिक २३ २०७८

  • 623
    SHARES

  • भारतको एक अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु

    काठमाडौँ । भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ । कमला नेहरु भवनको तेस्रो तलामा रहेको बाल विभागमा आगलागीमा हुँदा नवजात शिशुहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    स्थानीय समयअनुसार गएराति ९ बजेदेखि लागेको आगो तीन घण्टापछि मात्र नियन्त्रणमा लिइएको थियो । वार्डमा ४० बच्चा राखिएकोमा ३६ जनालाई सुरक्षित निकालिएको अस्पताल प्रशासनले जनाएको छ ।

    आगलागीमा परी ज्यान गुमाएका शिशुका परिवारलाई मध्यप्रदेश सरकारले ४–४ लाख रुपैयाँको आर्थिक सहायता दिने घोषणा गरेको छ । हालसम्म पनि आगलागीको कारण भने खुलिनसकेको बताइएको छ ।


    मंगलवार, कार्तिक २३ २०७८०७:२९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij