Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

श्रीलङ्कामा भारी वर्षा : मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, हजारौं प्रभावित

श्रीलङ्कामा भारी वर्षा : मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, हजारौं प्रभावित

  • बुधवार, कार्तिक २४ २०७८

  • 728
    SHARES

  • श्रीलङ्कामा भारी वर्षा : मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, हजारौं प्रभावित

    एजेन्सी । श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने सात हजार मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ ।

    आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो ।

    मङ्गलबार बिहानसम्म सात हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् ।

    श्रीलङ्काको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ ।


    बुधवार, कार्तिक २४ २०७८०६:३०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij