Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीसलाई नेपाल बारको जवाफ : वर्तामा बस्दैनौँ राजिनामा दिनुस्

प्रधानन्यायाधीसलाई नेपाल बारको जवाफ : वर्तामा बस्दैनौँ राजिनामा दिनुस्

  • सोमवार, कार्तिक २९ २०७८

  • 479
    SHARES

  • प्रधानन्यायाधीसलाई नेपाल बारको जवाफ : वर्तामा बस्दैनौँ राजिनामा दिनुस्

    काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

    बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

    बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएको थियो ।
    ‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौँ –तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो ।
    अधिवक्ता सुनिल पोखरेलले बारको आन्दोलन मार्गप्रशस्त हुँदै राजीनामासम्म पुगेको बताउनुभयो ।

    यसअघि, प्रधानन्यायाधीश राणाले एक विज्ञप्ति जारी गर्दै विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गर्नुभएको थियो । उहाँले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्न तयार रहेको बताउनुभएको छ ।


    सोमवार, कार्तिक २९ २०७८०१:२५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij