Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल बार एसोसिएसनले आकस्मिक पत्रकार सम्मेलन गर्दै

नेपाल बार एसोसिएसनले आकस्मिक पत्रकार सम्मेलन गर्दै

  • बिहिवार, मंसिर २ २०७८

  • 513
    SHARES

  • नेपाल बार एसोसिएसनले आकस्मिक पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेपाल बार एसोसिएसनले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै जारी आफूहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै बारले पत्रकार सम्मेलन गर्ने भएको हो । बारले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

    यसअघि आज बारले पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेका बार इकाइका प्रतिनिधिको आकस्मिक बैठक बोलाएको थियो । यसअघि बारले प्रहरीले गरेको ‘दमन’विरुद्ध अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थामा उजुरी गर्ने चेतावनी दिइसकेको छ ।

    नेपालको मानव अधिकार आयोगसहित अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थामा उजुरी दिने बारले चेतावनी दिएको हो । नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको, हतियारसहितका प्रहरी प्रवेश गरेको भन्दी आपत्ति जनाउनुभयो ।

    आज प्रहरीले लाठी प्रहार गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे घाइते हुनुभएको थियो । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

    काननु व्यवसायीहरु सर्वोच्चको मूल गेटमा बसेपछि प्रधानन्यायाधीश राणा यसअघि महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक प्रवेशद्वारबाट सर्वोच्च प्रवेश गर्दै आउनुभएको छ । राणा उक्त बाटोबाट प्रवेश गर्न थालेको भन्दै नेपाल बार एसोसिएसन, सर्वोच्च बार लगायतका कानुन व्यवसायीले रोक्नका लागि आज प्रयास गरेका थिए । तर, उनीहरुलाई प्रहरीले अघि बढ्न दिएन ।

    प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै कानुन व्यवसायी राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।


    बिहिवार, मंसिर २ २०७८०२:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij