Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
राप्रपा महाधिवेशन

कमल थापाद्वारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

कमल थापाद्वारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

  • सोमवार, मंसिर १३ २०७८

  • 658
    SHARES

  • कमल थापाद्वारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    सोमबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै थापाले उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाले आफूले अध्यक्षहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र अरु पुराना नेताहरुको पनि आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको जिकिर गर्नुभएको छ ।

    राप्रपाको अध्यक्षमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ।

    २०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ ।

    कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गर्नुभयो । उहाले भन्नुभयो, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनुपर्छ । यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ ।’

    थापाले राप्रपाको इतिहासमा महाधिवेशनपछि पार्टी फुट्ने देखिएको हुँदा टुटफुटको शृङ्खला हुन नदिन र पार्टीलाई एकताबद्ध राख्न अपिलसमेत गर्नुभयो ।

    अर्का अध्यक्ष पशुपति शमशेर राणाले अध्यक्ष पदमा उम्मेदवारी नदिने र प्रकाशचन्द्र लोहनीले पनि पार्टी एकतामा जोड दिएका कारण महाधिवेशनमा सहमति मै नेतृत्व चयन गर्ने आशा व्यक्त गर्नुभयो । उहाले संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रम लोकेन्द्रबहादुर चन्द, दिवङ्गत नेता राजेश्वर देवकोटा, पद्मसुन्दर लावती लगायतलाई सम्झिनुभएको थियो ।

    २०६२÷६३ पछि बाहिरी शक्तिको दबाब र प्रभाव र केही दलका कारण देश धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको अघि बढेको उल्लेख गरे । देशमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र आवश्यक रहेको पार्टीको धारणा रहेको पनि स्पष्ट पार्नुभयो । संघीयतालाई देशले धान्न नै नसक्ने बताउँदै सुदृढ स्थानीय शासन प्रणालीको पक्ष राप्रपा रहेको पनि जिकिर गर्नुभयो ।

     


    सोमवार, मंसिर १३ २०७८०२:४१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij