Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
एमाले महाधिवेशन

एमालेको मतगणना शुरू, साढे दुई घण्टामा परिणाम आउने

एमालेको मतगणना शुरू, साढे दुई घण्टामा परिणाम आउने

  • मंगलवार, मंसिर १४ २०७८

  • 758
    SHARES

  • एमालेको मतगणना शुरू, साढे दुई घण्टामा परिणाम आउने

    काठमाडौँ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिनुभयो ।

    आज बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे सकिएको थियो । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको बताइएको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरुले अबको अढाई घण्टाभित्र मतपरिमाण आउने सक्ने बताएका छन् ।

    बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनाव गरिएको हो ।

    चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव हुनुहुन्थ्यो ।

    वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् । सदस्यहरुका लागि पनि मतदान भएको छ ।


    मंगलवार, मंसिर १४ २०७८०१:४८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij