Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
  • मंगलवार, मंसिर १४ २०७८

  • 891
    SHARES

  • कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

    काठमाडौँ । कर्णाली प्रदेशसभा बैठक बुधबार (भोली)सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो ।

    मंगलबार(आज)को बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । सो प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने भएको छ ।

    बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाउनुभएको थियो । त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिनुभयो ।

    मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार(भोली) दिउँसो १ बजे बस्नेछ ।
    प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू अनुपस्थित रहेका कारण बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ ।

    एमालेको १० औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि आजको बैठक औपचारिकतामा सीमित भएको थियो ।

    यद्यपी नेकपा एमालेले भोलिको बैठकमा भने सहभागी हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूको भनाइ छ ।


    मंगलवार, मंसिर १४ २०७८०३:२४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij