Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  • बुधवार, मंसिर १५ २०७८

  • 534
    SHARES

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । आज प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव गरेका शाहीले २२ मतसहित प्रदेश सभाको विश्वास प्राप्त गर्नुभएको हो ।

    ३५ सदस्यीय प्रदेश सभामा शाहीलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका सांसदहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभामा माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादी ३ र राप्रपाका १ सांसद छन् ।

    उहाले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु भने प्रदेश सभामा उपस्थित भएनन् । यसअघि मुख्यमन्त्री शाहीले हिजो विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आजका लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी भएनन् ।

    कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताउनुभयो ।


    बुधवार, मंसिर १५ २०७८०२:५५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij