Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशलाइ निकास दिन छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ : अध्यक्ष ओली

देशलाइ निकास दिन छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ : अध्यक्ष ओली

  • शुक्रवार, मंसिर १७ २०७८

  • 712
    SHARES

  • देशलाइ निकास दिन छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको समस्या समाधानका लागि जनादेशमा जानुपर्ने बताउँनुभएको छ । शुक्रबार(आज) थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पद बहाली गर्ने क्रममा उहाले उक्त कुरा बताउँनुभएको हो ।

    अध्यक्ष ओलीले गठबन्धनले निकास दिन नसक्ने बताउँदै अहिले देखिएको समस्या समाधानका लागि ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउँनुभयो । ओलीले सरकार चौतर्फी असफल भएको आरोप लगाउनुभयो ।

    यसैगरी अदालतमा देखिएको समस्या अघि न पछि भएको उहाले टिप्पणी गर्नुभयो । ’अदालतको गतिरोधको निकास आउँदैन । गठबन्धनबाट पनि यसको आश गर्न सकिन्न । फैसलाका लागि ताजा जनादेश नै आवश्यक छ ,’ उहाँले भन्नुभयो ।

    केही समयमै एमाले जिल्ला अधिवेशनतिर जाँदैछ । चितवनमा दसौं महाधिवेशनका निर्णयहरु निर्वाचन आयोगमा आज बुझाउन लागिएको महासचिव शंकर पोखरेलले बताउँनुभएको छ ।


    शुक्रवार, मंसिर १७ २०७८०२:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij