Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तनहुँमा गोली लागेर १७ वर्षीय युवकको मृत्यु

तनहुँमा गोली लागेर १७ वर्षीय युवकको मृत्यु

  • सोमवार, मंसिर २० २०७८

  • 919
    SHARES

  • तनहुँमा गोली लागेर १७ वर्षीय युवकको मृत्यु

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गए राति शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

    प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।


    सोमवार, मंसिर २० २०७८०८:३४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij