Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओमिक्रोनबारे नेपालका चिकित्सक भन्छन् – आत्तिनु पर्दैन, अहिलेकै खोपले काम गर्छ

ओमिक्रोनबारे नेपालका चिकित्सक भन्छन् – आत्तिनु पर्दैन, अहिलेकै खोपले काम गर्छ

  • बुधवार, मंसिर २२ २०७८

  • 977
    SHARES

  • ओमिक्रोनबारे नेपालका चिकित्सक भन्छन् – आत्तिनु पर्दैन, अहिलेकै खोपले काम गर्छ

    काठमाडौँ – कोभिड–१९विरुद्ध आविष्कार भएका खोपहरूले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने भएकाले आतंकित नहुन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । तर खोपले काम गर्छ भन्दैमा जनस्वास्थ्य मापदण्डको पालनामा लापर्वाही भने गर्न नहुने उनीहरूले बताएका छन् ।

    सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिलेसम्म आविष्कार भएका खोपले ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्दैन भन्ने कुरा कहिँकतै पुष्टि नभएको बताउनुभयो । तर खोपको प्रभावकारितामा भने केही गिरावट आउन सक्ने तथ्यहरूले देखाएको उहाँले बताउनुभयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पनि ओमिक्रोन भेरियन्टविरुद्ध खोपले काम गर्दैन भन्ने हल्ला निराधार रहेको बताउनुभयो ।

    ओमिक्रोन भेरियन्ट आइसकेपछि पनि खोप अभियानलाई विश्वभर प्रभावकारी पारिएको बताउँदै उहाँले आतंकित हुने अवस्था नरहेको बताउनुभयो । नयाँ भेरियन्टमा संक्रमण विस्तार गर्ने क्षमता धेरै देखिएकोले रोकथामका उपायहरू अबलम्वन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

    विश्व स्वास्थ्य संगठनले पनि हाल प्रयोगमा रहेका खोपहरूले नै कोभिडको ओमिक्रोन भेरियन्टविरद्ध काम गर्ने बताइसकेको छ । डा. अधिकारीले खोप अभियान विस्तार गर्नु र जनस्वास्थ्यका मापदण्डको प्रभावकारी कार्यान्नवय गर्नु नै कोभिड महामारीबाट बच्ने उत्तम उपाय रहेको दोहो¥याउनुभयो ।

    नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएका दुई जना विदेशी नागरिकको पनि रिपोर्ट नेगेटिभ आइसकेको उहाँले बताउनुभयो । छिमेकी मुलुक भारतमा नयाँ भेरियन्ट आक्रामक गतिमा विस्तार भइरहेकोले नेपालमा भित्रिन नदिन सम्बन्धित सबैले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

    यसैबीच कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ ।

    पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ ।


    बुधवार, मंसिर २२ २०७८०७:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij