Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २ सय ११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप २ सय ११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

  • बिहिवार, मंसिर २३ २०७८

  • 518
    SHARES

  • थप २ सय ११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ भने ८ लाख ५ हजार ९०० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेका छन् । जसमध्ये ५ हजार ८३३ जना होम आइसोलेसनमा रहेका छन् भने २७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये १२१ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् ।


    बिहिवार, मंसिर २३ २०७८०४:४७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij