Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसदमा रहेको गतिरोध अन्त्य गर्न राजनीतिक दलहरूसँग छलफल गर्छु : सभामुख

संसदमा रहेको गतिरोध अन्त्य गर्न राजनीतिक दलहरूसँग छलफल गर्छु : सभामुख

  • सोमवार, मंसिर २७ २०७८

  • 900
    SHARES

  • संसदमा रहेको गतिरोध अन्त्य गर्न राजनीतिक दलहरूसँग छलफल गर्छु : सभामुख


    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताउनुभएको छ ।

    आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलिदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताउनुभयो ।

    उहाले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताउनुभयो । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि बताउनुभयो ।

    सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गर्नुभयो ।

    सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताउनुभयो ।

    भोलिदेखि संसद अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गर्नुभएको हो । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ ।


    सोमवार, मंसिर २७ २०७८०२:१०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij