Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारीको मत गणना आजै सुरु हुने

कांग्रेस पदाधिकारीको मत गणना आजै सुरु हुने

  • बुधवार, मंसिर २९ २०७८

  • 598
    SHARES

  • कांग्रेस पदाधिकारीको मत गणना आजै सुरु हुने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पदाधिकारीको मत गणना आजै सुरु हुने भएको छ।

    १४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थालनी गरिने जानकारी दिएका छन ।

    अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मत गणना सानेपामै गर्ने तयारीछ। अब पहिले महमन्त्रीलगायत पदाधिकारीको गणना हुने उनले बताए। लगातार गणना गरी एक साताभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी आयोगको छ।

    महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भएका छन्। प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्।

    सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। आज मत गन्न थालेर आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने संयोजक घिमिरेले जानकारी दिए।


    बुधवार, मंसिर २९ २०७८०६:४२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij