Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु, राष्ट्रिय शोक घोषणा

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु, राष्ट्रिय शोक घोषणा

  • बुधवार, मंसिर २९ २०७८

  • 507
    SHARES

  • हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु, राष्ट्रिय शोक घोषणा

    एजेन्सी । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

    हाइटीको क्याप–हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले मानवीय क्षति धेरै भएको स्थानीय मिडिया रिपोर्टमा उल्लेख छ ।

    प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

    हाइटीको दोस्रो ठूलो शहरमा भएको तेल ट्यांकर विष्फोटको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । एक प्रत्यक्षदर्शीले घटनास्थललाई नर्कको संज्ञा दिएको बीबीसीले जनाएको छ ।


    बुधवार, मंसिर २९ २०७८०७:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij