Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेका मनोनित केन्द्रीय सदस्यहरुले लिए शपथ

एमालेका मनोनित केन्द्रीय सदस्यहरुले लिए शपथ

  • बुधवार, मंसिर २९ २०७८

  • 686
    SHARES

  • एमालेका मनोनित केन्द्रीय सदस्यहरुले लिए शपथ

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई आज तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराउनुभएको छ ।

    नेकपा एमालेको मंसिर २५–२६ मा बसेको केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठकले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

    एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँदेखि संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसम्मका नेताहरु मनोनित हुनुभएको छ।

     


    बुधवार, मंसिर २९ २०७८१२:४६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij