काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ । तीमध्ये ११ हजार ५७७ जनाको मृत्यु भएको छ भने ८ लाख ९ जहार ३८७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसमध्ये ९५ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।