Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादीको राष्ट्रिय सम्मेलनको लोगोमै प्रचण्डको तस्बिर

माओवादीको राष्ट्रिय सम्मेलनको लोगोमै प्रचण्डको तस्बिर

  • बुधवार, पौष ७ २०७८

  • 862
    SHARES

  • माओवादीको राष्ट्रिय सम्मेलनको लोगोमै प्रचण्डको तस्बिर

    काठमाडौँ । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार९आज० लोगो सार्वजनिक गरिएको हो ।

    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गर्नुभएको हो ।

    लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र केही धार्मिक स्थलको चित्र देखिन्छ । लोगोमा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिरलाई प्राथमिकताका साथ राखेको छ।

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई 'देवत्वकरण' गर्दै पार्टीका हरेक गतिविधीमा उहाको फोटो राखेको भन्दै आलोचना भइरहँदा माओवादी केन्द्रले पनि अध्यक्ष प्रचण्डको तस्बिरसहितको लोगो सार्वजनिक गरेको हो।

    यसअघि एमाले र कांग्रेसले महाधिवेशन सकेका थिए। तर, महाधिवेशनको लोगोमा भने दुवै दलले नेताको फोटोको प्रचार गरेका थिएनन्।


    बुधवार, पौष ७ २०७८०२:४१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij