Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

  • आइतवार, पौष ११ २०७८

  • 388
    SHARES

  • प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको माग गर्दै उजुरी दर्ता भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसहितका अभियन्ताहरुले राणाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिनुभएको हो ।

    विभागमा आज दर्ता गराइएको उजुरीमा राणाको सम्पत्ति खोजबिन गरी त्यसमाथि अनुसन्धान गर्न माग गरिएको छ। प्रधानन्यायाधीश राणाले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा लगाइएको छ।

    विशेष अदालतको न्यायाधीश हुँदा राणाले अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा (क्षेत्री) मार्फत् २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कित्ता नम्बर ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको पनि उजुरीमा दाबी गरिएको छ ।

    सर्वोच्च अदालतकै न्यायाधीशहरुले समेत प्रधानन्यायाधीश राणाविरुद्ध मुद्दाको पेसी तोक्दा नियत राखेको लगायत आरोप लगाएका छन्। राणाको राजीनामाको माग गर्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन १ महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छ ।

    हाल सर्वोच्च अदालतमा ’अधिकारविहीन’ प्रधानन्यायाधीशको रुपमा रहेका राणाविरुद्ध सामाजिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनुपर्ने मागसहित आज उजुरी दिएका छन् ।


    आइतवार, पौष ११ २०७८०३:३६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij