काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै सोहि अवधिमा १ जनाको मृत्यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ । ती मध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८६ जनाको ाृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।