Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशभर कुहिरो, दिनभर मौसम कस्तो रहला ?

देशभर कुहिरो, दिनभर मौसम कस्तो रहला ?

  • शुक्रवार, पौष १६ २०७८

  • 1.1K
    SHARES

  • देशभर कुहिरो, दिनभर मौसम कस्तो रहला ?

    काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरी हुस्सु, कुहिरो लागेको छ । चिसो ह्वात्तै बढेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ । धेरै स्थानमा हुस्सु–कुहिरो लागेको हो ।

    दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

     


    शुक्रवार, पौष १६ २०७८०७:१४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij