Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहमतिमै नेतृत्व टुंग्याउने माओवादीको अन्तिम कसरत, स्थायी समिति बैठक जारी

सहमतिमै नेतृत्व टुंग्याउने माओवादीको अन्तिम कसरत, स्थायी समिति बैठक जारी

  • आइतवार, पौष १८ २०७८

  • 554
    SHARES

  • सहमतिमै नेतृत्व टुंग्याउने माओवादीको अन्तिम कसरत, स्थायी समिति बैठक जारी

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वबारे छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ। महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा बैठक जारी छ।

    सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्य हलबाटै घोषणा गर्ने तयारी गरिरहेका छन्। नयाँ विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ।
    केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।

    महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।

    यस्तै, बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयनको लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने जानकारी गराएका थिए। केन्द्रीय कमिटी सहमतिबाट चयनका लागि महाधिवेशन आयोजक समितिमा छलफल गर्ने र सोको लागि अनुमति दिन बन्दसत्र समक्ष प्रस्ताव गरेका थिए।

    शनिबार बिहान केही समय बसेर स्थगित भएको बन्दसत्र साँझ पौने सात बजे पुनः सुचारु भएको थियो। बन्द सत्रलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्द सत्र आइतबार १ बजेसम्मका लागि स्थगित गरेको थियो।

    हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने निश्चितप्रायः छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, कृष्णबहादुर महराले आकांक्षा व्यक्त गरिरहेका छन्।

    यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ।


    आइतवार, पौष १८ २०७८०१:०९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij