Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी जनयुद्धमाथि ओलीको गम्भीर प्रश्न

माओवादी जनयुद्धमाथि ओलीको गम्भीर प्रश्न

  • सोमवार, पौष १९ २०७८

  • 574
    SHARES

  • माओवादी जनयुद्धमाथि ओलीको गम्भीर प्रश्न

    काठामाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमाथि गम्भीर प्रश्न उठाएका छन् । नेपाल जनसांस्कृतिक महासंघको ३५औँ स्थापना दिवसको कार्यक्रममा ओलीले जनयुद्धका विषयमा गम्भीर प्रश्न उठाएका हुन् । प्रचण्ड र आफ्ना आलोचक कम्युनिस्ट नेताहरूमाथि खनिएका ओलीले जनयुद्धमाथि प्रश्न उठाएका हुन् ।

    प्रचण्ड प्रति लक्षीत गर्दै ओलीले अरूले तालिम र हतियार पनि दियो भने त जनयुद्ध सनयुद्ध पनि हुने भन्दै व्यंग्य गर्नुभयो । ओलीले माक्सवादले ऐतिहासिक भौतिकवाद सिकाउने भन्दै अहिले कम्युनिस्ट भनिएकाहरू इतिहासको चेत नभएको दाबी गरेका थिए ।

    प्रचण्डले ओलीलाई वामपन्थी नभएर रामपन्थीु भनी गरेको टिप्पणीप्रति आक्रोशित देखिएका उनले आलोचना त्यही विन्दुबाट सुरु गरेका थिए ।

    ओलीले त्यस्तो टिप्पणी माक्सवाद नबुझेकाहरूले टिप्पणी गरेको बताए । उनले भगवान छन् छैनन् भन्ने कुरा भगवान मान्नेले बताउने भन्दै आफूले ऐतिहासिक तथ्यबारे मात्र विषय उठान गरिदिएको बताए ।

     


    सोमवार, पौष १९ २०७८०३:४७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij