Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बेलायतमा एकै दिन दुई लाख बढी कोरोना संक्रमित थपिए, स्वास्थ्य क्षेत्र संकटमा

बेलायतमा एकै दिन दुई लाख बढी कोरोना संक्रमित थपिए, स्वास्थ्य क्षेत्र संकटमा

  • बुधवार, पौष २१ २०७८

  • 730
    SHARES

  • बेलायतमा एकै दिन दुई लाख बढी कोरोना संक्रमित थपिए, स्वास्थ्य क्षेत्र संकटमा

    एजेन्सी । बेलायतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्र संकटमा पर्न थालेको छ । बितेको २४ घण्टामा दुई लाख भन्दा बढी सङ्क्रमित थपिएका छन्, जुन महामारीयताकै नयाँ कीर्तिमान हो ।

    ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप दुई लाख १८ हजार ७२४ मा नयाँ सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सङ्ख्या एक साताभित्र ६८ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३६ लाख ४१ हजार ५२० पुगेको छ ।

    नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण बेलायतमा सङ्क्रमण दर अत्यधिक रूपमा बढेको हो । सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या पनि उकालो लाग्न थालेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्ने अनुमान गरिएको छ । सङ्क्रमण दर बढेसँगै अस्पतालहरूमा पनि बेडको अभाव हुन सक्ने चिन्ता बढेको छ ।

    स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरू नै सङ्क्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा काम गर्ने कर्मचारीहरूमध्ये अहिले हरेक १० जनामा एकजना कर्मचारी सङ्क्रमित भएर अनुपस्थित भएको बताइएको छ ।

    करिब एक दर्जन अस्पतालमा कर्मचारी अभावका कारण संकटको अवस्था सृजना भएको समाचार माध्यममा उल्लेख गरिएको छ । अस्पतालमा मात्र नभई अन्य क्षेत्रमा समेत कर्मचारीहरू आइसोलेशनमा बस्न थालेपछि कर्मचारीको अभाव हुन् थालेको छ ।


    बुधवार, पौष २१ २०७८०७:००:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij