Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तीन वर्षपछि रिहा भइन् जेलमा राखिएकी साउदी राजकुमारी

तीन वर्षपछि रिहा भइन् जेलमा राखिएकी साउदी राजकुमारी

  • आइतवार, पौष २५ २०७८

  • 836
    SHARES

  • तीन वर्षपछि रिहा भइन् जेलमा राखिएकी साउदी राजकुमारी

    काठमाडौं – साउदी अरबमा एक जना राजकुमारी तीन वर्षपछि जेलबाट रिहा भएकी छन्।

    समाचार संस्था रोयटर्सका अनुसार ५७ वर्षीया राजकुमारी बसमाह बिन्त साउद बिन अब्दुलाजिज अल(साउद र उनकी छोरी रिहा भएकी हुन्।
    उनीहरूलाई तीन वर्षअघि बिनाकारण पक्राउ गरेर जेलमा राखिएको थियो।

    ‘बिनाकारण राखिएको जेलबाट दुई जना महिला रिहा भएका छन् र बिहीबार जेदाहस्थित आफ्नो घरम आइपुगेका छन्,’ राजकुमारीका कानुनी सल्लाहकार हेनरी एस्ट्रामान्टले भनेका छन्,‘राजकुमारीलाई सञ्चै छ तर उनको स्वास्थ्य परीक्षण गर्नुपर्ने छ। उनी थकित छन् तर उत्साहित छन् र छोरासँग पुनर्मिलन हुन पाउँदा खुसी छन्।’

    साउदी सरकारले भने उनको रिहाइबारे केही प्रतिक्रिया दिएको छैन। यसअघि पनि सरकारले राजकुमारी र उनकी छोरीलाई किन जेलमा राखिएको हो भन्नेबारे सार्वजनिक जानकारी दिएको थिएन।

    २०२० मा राजकुमारी बसमाहले सामाजिक सञ्जालमार्फत् आफू र छोरीलाई राजधानी रियादको जेलमा राखिएको र आफू बिरामी भएको बताएकी थिइन्।

    राजकुमारी बसमाह अहिलेका राजा सलमानका दाइकी छोरी हुन्। उनले आफूलाई किन जेलमा राखिएको भन्नेबारे शाही अदालतमा बेलाबेलामा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेकी थिइन्।

    २०१९मा पक्राउ पर्दा राजकुमारी बसमाह स्वास्थ्य उपचारका लागि स्विट्जरल्यान्ड जान लागेकी थिइन्।

    उनी साउदी अरबमा मानव अधिकारको विषयमा आवाज उठाउँथिन्। त्यही कारण उनलाई पक्राउ गरिएको हुन सक्ने अनुमान गरिएको थियो।


    आइतवार, पौष २५ २०७८०१:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij