Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

  • सोमवार, पौष २६ २०७८

  • 655
    SHARES

  • न्युयोर्कको अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु

    न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आगलागीमा दर्जनौं घाईते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।

    ‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीका घाईतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आगलागीमा कम्तिमा ६३जना घाईते भएका छन् ।

    आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फँसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो ।

    आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ ।


    सोमवार, पौष २६ २०७८०७:०६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij