Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारी वर्षाका कारण ब्राजिलमा दश जनाको मृत्यु

भारी वर्षाका कारण ब्राजिलमा दश जनाको मृत्यु

  • बुधवार, पौष २८ २०७८

  • 1.1K
    SHARES

  • भारी वर्षाका कारण ब्राजिलमा दश जनाको मृत्यु

    काठमाडौं – ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ ।

    भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् । पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको बताइएको छ ।

    सो वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरु केही हराइरहेका बताइएको छ । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको छ ।

    वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ । वर्षा जारी रहेका स्थानमा भौतिक संरचनाहरु पनि भत्किएकाले केही मानिसलाई उद्धार गरिएको छ ।


    बुधवार, पौष २८ २०७८०२:२३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij