Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, काठमाण्डौमा मात्रै १५ सय ३८ सङ्क्रमित भेटीए

थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, काठमाण्डौमा मात्रै १५ सय ३८ सङ्क्रमित भेटीए

  • बुधवार, पौष २८ २०७८

  • 1.2K
    SHARES

  • थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, काठमाण्डौमा मात्रै १५ सय ३८ सङ्क्रमित भेटीए

    काठमाण्डौ – देशभर पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यो कुल परीक्षणको २३.५८ प्रतिशत हो । पीसीआर परीक्षणको सङ्क्रमण दर भने २७ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।

    यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७८ जना सङ्क्रमित निको भएका छन् । यही अवधिमा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालययले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ३८ जना रहेका छन् ।

    अहिले नेपालमा ११ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।


    बुधवार, पौष २८ २०७८०५:००:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij