Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख नाघ्यो

  • बिहिवार, पौष २९ २०७८

  • 764
    SHARES

  • विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख नाघ्यो

    काठमाडौँ– विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख पुगेको छ ।

    पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा २९ लाख ८९ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख १६ हजार पुगेको हो ।

    हालसम्म २६ करोड २७ लाख ५ हजार जना संक्रमित निको भएका छन् भने ५५ लाख २९ हजार जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ५ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ७ लाख १५ हजार, भारतमा २ लाख ४१ हजार, बेलायतमा एक लाख २९ हजार र इटलीमा एक लाख ९६ हजार छन् ।

    त्यसैगरी स्पेनमा १ लाख ७९ हजार, फ्रान्समा ३ लाख ६१ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार र टर्कीमा ७७ हजार नयाँ संक्रमित थपिएका छन् ।

    मृत्यु हुनेमा अमेरिकामा २ हजार ९३, भारतमा ८५, रुसमा ७४५, फ्रान्समा २४६, इटलीमा ३१३, जर्मनीमा ३३१, टर्कीमा १४५, ब्राजिलमा १३८ र बेलायतमा ३९८ जना छन् ।

     


    बिहिवार, पौष २९ २०७८०६:५१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij