Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पश्चिम बंगाल रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

पश्चिम बंगाल रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

  • शुक्रवार, पौष ३० २०७८

  • 524
    SHARES

  • पश्चिम बंगाल रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो

    काठामाडौं – भारतको पश्चिम बंगालमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। बिहीबार साँझ ५ बजे बिकानेर–गुवाहटी एक्सप्रेस रेल जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै दुर्घटना भएको थियो।

    गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खस्दा कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अझै पनि डब्बाले यात्रुहरू थिचेको अधिकारीहरूले बताएका छन्। उद्धार भइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको जलपाइगुढीका डिएम मोमिता गोद्रा वसुल बताए।

    १२ वटा बोगी लिकभन्दा बाहिर खसेको छ। दुर्घटनामा चार–पाँच बोगी पूर्णरुपमा क्षति भएको छ। दुर्घटना हुँदा रेलको गति ४० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ।

    रेल दुर्घटनाको खबर पाए लगत्तै स्थानीय प्रशासन, प्रहरीका उच्च अधिकारी घटनास्थलमा पुगे पनि दुर्घटना भएको तीन घण्टा बितिसक्दा पनि रेलवे अधिकृत भने नपुगेको भनी आलोचना भएको थियो।

    रेलमा राजस्थानका ८७२ जना सवार थिए। बीकानेरबाट ३०८ र जयपुरबाट ५६४ यात्रु चढेका थिए। रेल गुवाहुटी गइरहेको थियो। सरकारले मृतकलाई ५ लाख, गम्भीर घाइतेलाई १ लाख र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ।

    घटनाबारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बर्नजीसँग फोन सम्पर्क गरी जानकारी लिएका छन्।


    शुक्रवार, पौष ३० २०७८१२:४३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij