Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख बढीमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख बढीमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

  • बुधवार, माघ ५ २०७८

  • 345
    SHARES

  • विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख बढीमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

    काठमाडौँ – विश्वभर कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी छ ।

    हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् ।

    आज मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् ।

    त्यसैगरी अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो एक दिनमा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन् ।

    निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजार र टर्कीमा ७७ हजार छन् ।


    बुधवार, माघ ५ २०७८०६:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij