Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओमिक्रोनपछि कोरोना अन्त्य हुन्छ भन्नु गलतः डब्लूएचओ

ओमिक्रोनपछि कोरोना अन्त्य हुन्छ भन्नु गलतः डब्लूएचओ

  • मंगलवार, माघ ११ २०७८

  • 719
    SHARES

  • ओमिक्रोनपछि कोरोना अन्त्य हुन्छ भन्नु गलतः डब्लूएचओ

    काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ ।

    संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ ।

    डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए ।

    कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए ।

    उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए ।


    मंगलवार, माघ ११ २०७८०६:४७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij