Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज थप १२ हजार बढीमा कोरोना पुष्टि, ८ जनाको मृत्यु

आज थप १२ हजार बढीमा कोरोना पुष्टि, ८ जनाको मृत्यु

  • मंगलवार, माघ ११ २०७८

  • 983
    SHARES

  • आज थप १२ हजार बढीमा कोरोना पुष्टि, ८ जनाको मृत्यु

    काठमाडौं – पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।

    हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ ।

    संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


    मंगलवार, माघ ११ २०७८०४:४८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij