Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर पछिल्लो २४ घण्टामा ३१ लाख २ हजार नयाँ संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा ३१ लाख २ हजार नयाँ संक्रमित थपिए

  • बुधवार, माघ १२ २०७८

  • 640
    SHARES

  • विश्वभर पछिल्लो २४ घण्टामा ३१ लाख २ हजार नयाँ संक्रमित थपिए

    काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३१ लाख २ हजार नयाँ सङ्क्रमित थपिएका हुन् ।

    अहिलेसम्म विश्वभर ३५ करोड ८ लाखमा सङ्क्रमण पुष्टि हुँदा २८ करोड ४३ लाख निको भइसकेका छन् भने ५६ लाख ३२ हजारको मृत्यु भएको छ ।

    २४ घण्टामा २२ लाख २० हजार निको हुँदा ८ हजार ६ सयको भने मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

    छिमेकी देश भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ८२ हजार नाघेको हो ।

    जसमध्ये ३ करोड ७३ लाख सङ्क्रमण मुक्त भएका छन् भने ४ लाख ९१ हजारको भने मृत्यु भइसकेको छ । 


    बुधवार, माघ १२ २०७८०७:४७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij