Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोनाबाट संक्रमण हुनेको संख्या ३६ करोड नाघ्यो

विश्वभर कोरोनाबाट संक्रमण हुनेको संख्या ३६ करोड नाघ्यो

  • बिहिवार, माघ १३ २०७८

  • 727
    SHARES

  • विश्वभर कोरोनाबाट संक्रमण हुनेको संख्या ३६ करोड नाघ्यो

    काठमाडौं – विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ३३ लाख ४९ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २७ लाख नाघेको हो।

    योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड नाघेको छ। जसमध्ये ९६ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

    पछिल्लो २४ घण्टामा १९ लाख ७० हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड ६५ लाख नाघेको छ।

    यस्तै २४ घण्टामा ९ हजार ७ सयको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख ४४ हजार पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।

    बुधबार विश्वभर ३४ लाख ९५ हजार नयाँ सङ्क्रमित थपिँदा २३ लाख ७१ हजार निको भएका थिए भने १० हजारको मृत्यु भएको थियो।


    बिहिवार, माघ १३ २०७८०६:४६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij