Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप १५ जनाको मृत्‍यु, ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १५ जनाको मृत्‍यु, ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि

  • बिहिवार, माघ १३ २०७८

  • 526
    SHARES

  • आज थप १५ जनाको मृत्‍यु, ८,०१७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४९ जना कोरोना संक्रमित थपिएका छन् ।

    उपत्यकामा ३ हजार १४३ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा थप ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको हो ।


    बिहिवार, माघ १३ २०७८०४:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij