Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज थप १० जनाको मृत्यु, देशभर ६ हजार ८२७ जना नयाँ संक्रमीत थपीए

आज थप १० जनाको मृत्यु, देशभर ६ हजार ८२७ जना नयाँ संक्रमीत थपीए

  • शुक्रवार, माघ १४ २०७८

  • 817
    SHARES

  • आज थप १० जनाको मृत्यु, देशभर ६ हजार ८२७ जना नयाँ संक्रमीत थपीए

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएकामा काठमाडौं उपत्यकामा २ हजार ९४० जना संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १५३ ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ ।

    यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् ।

    जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    शुक्रवार, माघ १४ २०७८०४:२५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij