Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ऐन संशोधन नगर्ने, तत्काल स्थानीय निर्वाचन गर्ने मनसायमा देउवा

ऐन संशोधन नगर्ने, तत्काल स्थानीय निर्वाचन गर्ने मनसायमा देउवा

  • शनिवार, माघ १५ २०७८

  • 536
    SHARES

  • ऐन संशोधन नगर्ने, तत्काल स्थानीय निर्वाचन गर्ने मनसायमा देउवा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राख्नुभएको छ ।

    स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

    तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए ।

    तर स्थानीय निर्वाचन टार्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्रीलाई पत्र पठाएर दबाव दिनुभएको छ ।

    शनिबार आज बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राख्नुभएको हो ।

    ‘कहिले गर्ने त भन्नु भएको छैन, तर ऐनअनुसार नै स्थानीय तहको निर्वाचन गरौं भन्नुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘साँझ कानून व्यवसायीहरुसँग परामर्श गर्छौं । त्यसपछि एउटा निर्णयमा पुग्छौं ।’ सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग पुनः परामर्श गर्न अपराह्न ४ बजे पुन बैठक बोलाएको छ ।


    शनिवार, माघ १५ २०७८०२:३८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij