Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

  • शनिवार, माघ १५ २०७८

  • 836
    SHARES

  • देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,९२४ जना संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १४०४, ललितपुरमा ३०५, कैलालीमा १२०, काभ्रेमा ११६, कास्की र चितवनमा ११५र११५, भक्तपुरमा १११ र धनुषामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


    शनिवार, माघ १५ २०७८०५:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij