Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निर्वाचन जेठ ५ अघि नै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन जेठ ५ अघि नै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

  • आइतवार, माघ १६ २०७८

  • 1.1K
    SHARES

  • निर्वाचन जेठ ५ अघि नै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको परामर्शमा स्थानीय निर्वाचनको मिति तोकिने भनिए पनि परामर्शका लागि हालसम्म जानकारी नगराइएको बताउनुभएको छ । जानकारी आए परामर्शका लागि आफूहरू तयार नै रहेको आयुक्त थपलियाको भनाई छ ।

    गठबन्धनको निर्णयसँगै अब निर्वाचन हुने देखिएको उनले बताए । “अब निर्वाचन हुने देखियो । खबर आउनेबित्तिकै परामर्शका लागि हामी तयार छौँ । हालसम्म खबर आइसकेको छैन,” उनले भने ।

    सत्ता गठबन्धनले ऐन संशोधन गरेर जेठमा निर्वाचन गर्ने बताइए पनि जेठ ५ गतेअघि नै निर्वाचन गर्नुपर्नेमा आयोग प्रष्ट रहेको उनले बताए ।

    उनले भने “हाम्रो कुरा त क्लियर नै छ नि जेठ ५ गते म्याद सकिन्छ । त्यसअघि निर्वाचन हुनुपर्छ । शपथग्रहणलगायत कामका लागि समय चाहिन्छ भनेका हौँ,” ।

    जेठ ५ अघि नै निर्वाचन गर्न पर्याप्त समय भएकाले आयोग त्यसका लागि तयार रहेको उनले उल्लेख गरे ।

    स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद जेठ ५ गते सकिँदै छ । निर्वाचन आयोगले यसअघि वैशाख १४ गते निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, संविधानसँग ऐन बाझिएको भन्दै ऐन संशोधन गर्ने सरकारको तयारी छ ।


    आइतवार, माघ १६ २०७८०१:५०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij