Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ को अन्तरघातबारे छानविन गर्ने एमालेको निर्णय

प्रदेश १ को अन्तरघातबारे छानविन गर्ने एमालेको निर्णय

  • सोमवार, माघ १७ २०७८

  • 551
    SHARES

  • प्रदेश १ को अन्तरघातबारे छानविन गर्ने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा भएको अन्तरघातबारे छानविन गर्ने भएको छ ।

    सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले अन्यत्र पार्टीसँग भए भन्दा बढी मत पाउनु एमालेप्रति व्यक्त भएको भरोसा भनेको छ । तर प्रदेश १ मा भने अन्तरघात भएकाले छानविन गरेर सत्यतथ्य पत्ता लगाउने निर्णय भएको सचिव पद्मा अर्यालले जानकारी दिइन् । यद्यपि छानविनका लागि कुनै कमिटी बनेको छैन ।

    १२ माघ भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा महिला, अल्पसंख्यक र अन्यतर्फ मतदान भएको थियो ।

    अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भए । तर महिलातर्फ सुमित्रा भण्डारी र अन्य तर्फ गुरु बरालले एमालेकै प्रदेशसभा सदस्यहरुकै मत पाएनन् । एमालेका ४० सांसद छन्, तर ३८ जनाले मात्र बराललाई मत दिएका थिए ।

    यद्यपि स्थानीय तहतर्फ उनले गठबन्धनबाट मत पाएकाले कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबर ४,४८८ मत पाएका थिए । तर गोलाप्रथामा बस्नेत विजयी भए ।

    अन्तरघात भएकै कारण बराल हार्नु परेको भन्दै एमालेको प्रदेश १ कमिटीले छानविन गर्न माग समेत गरेको थियो ।


    सोमवार, माघ १७ २०७८०५:५५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij