Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

  • शुक्रवार, माघ २१ २०७८

  • 1.0K
    SHARES

  • हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

    हुम्ला - हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ ।

    सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।

    बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराकाे भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

    हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

    सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग बन्द भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । हिउँ पर्ने क्रम रोकिएको छैन ।  वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् ।

    हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् । 

    यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।

    सरकारी तथा गैरसरकारी कार्यालयको सेवा पनि प्रभावित बनेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।


    शुक्रवार, माघ २१ २०७८०७:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij