स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज तिन खेल हुने भएका छन् । इबरले ओसासुना तथा रियल सोसिडाडले स्पानियोलसँग खेल्नेछ भने लिग लिडर रियल मड्रिडले गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले घरेलु मैदानमा गेटाफेसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ रियल अर्को उपाधि दाबेदार क्लब बार्सिलोना भन्दा मात्र एक अंकले अघि रहेको छ । घरेलु मैदानको जितले भने रियललाई ४ अंकको अग्रता हुनेछ ।
रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ७० अंक रहेको छ । छैटौं स्थानको गेटाफेको ५२ अंक रहेको छ । गेटाफे रियललाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।