Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा १,५७० जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु

२४ घण्टामा १,५७० जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु

  • सोमवार, माघ २४ २०७८

  • 601
    SHARES

  • २४ घण्टामा १,५७० जना कोरोना संक्रमित थपिए, १३ को मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।

    मन्त्रालयले सोही अवधिमा निको हुने संख्या भने निको हुनेभन्दा झण्डै ४ गुणा बढी रहेको जनाएको छ । अर्थात सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ । संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ ।
    हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।


    सोमवार, माघ २४ २०७८०५:२४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij