Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीलाई

कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीलाई

  • आइतवार, फाल्गुण १ २०७८

  • 530
    SHARES

  • कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीलाई

    काठमाडौं – प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट स्वतः निलम्बित भएका छन्।

    संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुखमाथि महाअभियोग दर्ता हुनेवित्तिकै उनी स्वतः निलम्बन हुने प्रावधान रहेको छ।

    प्रधानन्यायाधीश जबराको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएका छन्।

    सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेको महाअभियोग आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो दोस्रोपटक हो। यसअघि सुशीला कार्कीविरुद्ध पनि महाअभियोग दर्ता भएको थियो।

    त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पनि महाअभियोग लगाइएको थियो।


    आइतवार, फाल्गुण १ २०७८०२:२७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij